२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२: टस जितेर फिल्डिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुपा न्युगिनीविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेसँगै कप्तान रोहित पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

आजको खेलमा तीव्र गतिका प्रतिश जि.सीले डेब्यू गर्न लागेका छन् । बलर सोमपाल कामीले प्रतिशलाई नेपालको ३७ औं ओडिआई डेब्यू क्याप दिएका हुन् । प्रतिशले नेपालको लागि यू–१९ र यू–१६ टोलीबाट खेलिसकेका छन् ।

नेपाल विश्वकप लिग २ मा २८ खेलमा १२ जित र १४ हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । नेपाललाई ओडिआई मान्यता जोगाउन कम्तिमा पनि ५ खेल जित्नुपर्ने हुन्छ । यसैगरी जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न नेपाललाई ७ खेल जित्नुपर्ने दबाव रहेको छ ।

पपुवा न्युगिनी २८ खेलमा २ जित र २५ हारसहित ५ अंकका साथ अंकतालिकाको अन्तिममा छ ।

नेपालको प्लेइङ ११:

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी