२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पपछि ४० हजारभन्दा बढी सिरियाली शरणार्थी टर्किएबाट फर्किए



अ+ अ-

एजेन्सी । टर्किएका रहेका झन्डै ४२ हजार सिरियाली शरणार्थीहरू यहाँ गएको शक्तिशाली भूकम्पपछि स्वेच्छाले स्वदेश फर्किएको टर्किएका रक्षामन्त्री हुलुसी अकारले मङ्गलबार जानकारी दिएका छन् ।

यही फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट प्रभावित र दक्षिणी टर्किएमा “आफ्ना घर, बालबालिका र आफन्त गुमाएका” सिरियालीहरू स्वदेश फर्किरहेको दक्षिणी हाते प्रान्तमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हुलुसीले मङ्गलबार जानकारी दिए ।

सन् २०११ मा गृहयुद्ध सुरु भएपछि आफ्नो देशबाट भागेका लगभग ३५ लाख सिरियाली शरणार्थीहरू टर्किएमा रहेका छन् । लगभग आधा शरणार्थीहरूले विनाशकारी भूकम्पबाट प्रभावित दक्षिणी टर्किएमा शरण लिएका छन् ।

टर्किए सरकारले गत वर्ष सिरियाली शरणार्थीहरूलाई आफ्नो मातृभूमिमा पूर्णरूपमा फर्कन प्रोत्साहित गर्न दुई छिमेकी देशबीचको राउन्डट्रिप गर्न अस्थायी सुरक्षा अनुमतिका साथ प्रतिबन्ध लगाएको थियो । त्यसपछि सरकारले भूकम्पपछि शरणार्थीहरूका लागि आवतजावत गर्ने यात्रा प्रतिबन्धलाई पनि खुकुलो बनाएको छ ।

फेब्रुअरी ६ मा टर्किएको दक्षिणी प्रान्त कहरामनमारासमा गएको ७.७ र ७.६ म्याग्निच्युडको भूकम्पपछि टर्किए र सिरियामा ४६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।