२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलिबलकी उषाले जितिन् पिपल्स च्वाइस अवार्ड



अ+ अ-

काठमाडौँ । १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा जारी समारोहकाबीच भलिबलकी राष्ट्रिय खेलाडी उषालाई सो अवार्ड प्रदान गरिएको हो ।

खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट सर्वाधिक मत प्राप्त गर्दै उषाले अवार्ड हात पारेकी हुन् ।

उषाले मनोनयनमा परेका फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् ।