२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा परम्परागत चैते दसैँ मेला



फाईल फोटो
अ+ अ-

गलकोट । चैते दसैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यसवर्ष आगामी चैत १३ गतेदेखि सुरु हुँदैछ ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार हरेक वर्ष चैते दसैँको अवसरमा प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा सञ्चालन हुने उक्त मेला आगामी चैत १३ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । मेलामा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

“यसवर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, लोक भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ”, उहाँले भन्नुभयो । परम्परा धान्दै कलासंस्कृतिको प्रर्वद्धन गर्ने मेलाको उद्देश्य छ । मेलालाई पछिल्लो समय गुठी व्यवस्थापन समितिले व्यवस्थित गरी सञ्चालन गर्दै आएको छ । पर्यटन प्रवद्र्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार तथा परम्पराको निरन्तरता दिन मेला आयोजना गरिँदै आएको अध्यक्ष खड्का बताउनुहुन्छ ।

यो मेलाको आफ्नै महत्व र इतिहास छ । तत्कालिन पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकामूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ ।

चैते दसैँ मेलामा घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेकीलगायत बस्तुको किनमेल हुने गरेको छ । चैते दसैँमा बागलुङ कालिका मन्दिरमा देशभरीबाट तथा भारतबाटसमेत भक्तजन आउने गरेका छन् । रासस