२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले क्रिकेट खेलाडीलाई सम्मान गर्न शीतलनिवास बोलाउनुभयो



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिन शीतलनिवासमा आमन्त्रण गर्नुभएको छ ।

क्रिकेट खेलाडीलाई शुक्रबार दिउँसो ३ बजे शीतलनिवास बोलाइएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजेता क्रिकेट खेलाडीलाई बालुवाटार बोलाएर बधाइ तथा शुभकामना दिनुभएको थियो ।

प्रधानमन्त्रीले विश्वकप छनोटमा नेपाललाई सफलता दिलाउने खेलाडीलाई सरकारको तर्फबाट जनही ३ लाख दिने घोषणा समेत गर्नुभएको छ ।