२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायिका वर्षाको व्यस्तता के मा ? जान्नुहोस्



अ+ अ-

काठमाडौं । नायिका वर्षा सिवाकोटीले सिन्धुपालचोकका जनताको लागि अभियान सुरु गरेकी छन् । उनीहरुको पिडामा मल्हम लगाउने काम सुरु गरेकी हुन् ।

हेलम्बु, मेलम्ची र चनौटे बजार लगायतका स्थानमा आइपरेको प्राकृतिक विपत्तीको असर अबको एकदशकसम्म भोग्ने निश्चित भएको उनले बताइन् । त्यसैले उनले कलाकार हुनुको नाताले त्यहाँका वासिन्दाका लागि केहि गर्न सकिन्छ कि भनेर अग्रसरता देखाएकी छन् । 

उनको यो कार्यलाई सफल बनाउनका लागि देश तथा विदेशबाट धेरै जनाले सहयोग गर्नुभएको बताएकी छन् । उनले भनिन्, "यो सहयोगलाई पारदर्शी ढंगले सहि क्षेत्रमा लगानी गर्नु मेरो कर्तव्य हो ।" 

सिन्धुपाल्चोकका बालबालिकाको शैक्षिक सत्र बिथोलिएका कारण उनले ती बालबालिकाका लागि केही गर्ने योजना गरेको बताएकी छन् । उनले भनिन् पहिले कोभिडका कारण अनि त्यसपछि लगातार बाढीले उनीहरुको भविष्य अन्धकार बनाइदिएको छ । त्यसैले उनीहरुको भविष्य सुरक्षित बनाउनका लागि उनी केही योजनामा जुटेको जानकारी दिएकी छन् । यस कार्यलाई सफल बनाउनका लागि उनी व्यस्त भएकी छन् ।