२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टर सिटीका प्रशिक्षक रोजर्स बर्खास्त



अ+ अ-

एजेन्सी । प्रिमियर लिग क्लब लेस्टर सिटीले मुख्य प्रशिक्षक ब्रेण्डन रोजर्सलाई बर्खास्त गरेको छ । प्रिमियर लिगमा क्लबले खराब प्रदर्शन जारी राखेपछि लेस्टरले आइतबार मुख्य प्रशिक्षक रोजर्सलाई बर्खास्त गरेको हो ।

शनिबार मात्रै लेस्टरले क्रिस्टल प्यालेससँग २–१ गोलको हार ब्यहोरेको थियो ।

लेस्टर सिटी जारी सिजनमा रेलिगेसन क्षेत्रमा रहेको छ । लेस्टर २८ खेलमा मात्र २५ अंक जोड्दै १९ औं स्थानमा छ । लेस्टरले २८ खेलमा ७ खेलमा मात्रै जित निकालेको छ । यस्तै १७ खेलमा हार ब्यहोरेको छ ।

फेब्रुअरी २०१९ मा नियुक्त रोजर्सले २०२१ मा लेस्टरलाई एफए कपको उपाधि दिलाएका थिए । ५० वर्षीय रोजर्सले आफ्नो पहिलो दुई पूर्ण सिजनमा लेस्टरलाई लगातार पाँचौं स्थानमा पुर्‍याएका थिए र चेल्सीलाई २०२१ मा हराउँदै एफए कपको उपाधि उचालेका थिए । रोजर्सले लेस्टरमा आफ्नो २०४ खेलमध्ये ९२ खेलमा मात्र जित निकाल्न सके ।