२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश अराजकतातिर उन्मुख छः अर्जुननरसिंह केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख भइरहेको बताउनुभएको छ ।

मंगलबार लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतित, मेरो अनुभव’ लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता केसीले आर्थिक, शैक्षिक, ऋणको भारी र भ्रष्टाचार सबै किसिमबाट हेर्दा देश अराजकतातिर उन्मुख भइरहेको दाबी गर्नुभयो । उहाँले अहिलेको अवस्थालाई नियन्त्रण र निगरानी राख्न गठबन्धनको सही कार्यदिशा नभए देश असफल हुने निश्चित रहेको बताउनु भयो । उहाँले शैक्षिक क्षेत्रमा पनि नैराश्यता देखिएको भन्दै यसलाई हटाउन सरकारले संघीय शिक्षा ऐन समयमा नै ल्याउनुपर्ने बताउनु भयो । उहाँले विश्वविद्यालय अराजकता र भागबण्डाको अखडा भइरहेको दाबी गर्नुभयो । नेता केसीले शैक्षिक अराजकता अहिलेको चुनौतिको विषय बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बीचमा धेरै पार्टीका सरकारहरु भए अहिलेसम्म संघीय शिक्षा ऐन बन्न सकेको छैन । त्यसले माध्यमिक र उच्च माध्यमिक तहमा व्यापक रुपमा शैक्षिक अराजकताको स्थिति छ । किनभने केन्द्रले कुनै ऐन दिएको छैन, त्यो संघीय ऐन अन्तर्गत प्रदेश र गाउँ नगरहरुले संयोजन गर्नुपर्ने त्यो भएको छैन, हरेक गाउँ, नगरपालिकाले आफ्नै ऐन निर्माण गरेर चलाएका छन्, त्यसले शैक्षिक क्षेत्रमा पनि नैराश्यता शिक्षकहरुमा पनि नैराश्यता छ । अहिले भर्खरै हाम्रा मन्त्रीजीहरु रैथाने विश्वविद्यालय खोल्ने भनेर भनेका छन्, रैथाने विश्वविद्यालय भनेको कस्तो हुन्छ ? युनिभर्सिटी भनेको युनिभर्सालिटी हो ।

हाम्रो वस्तुगत आवश्यक्ताको अनुसार त्यसमा त्यो विषयमा राख्न सकिएला । युनिभर्सिटी रैथाने भन्ने मैले नबुझेको कुरा हो । नेपालमा यत्तिका विश्वविद्यालय आवश्यक छ ? विश्वविद्यालय अराजकता र भागबण्डाको अखडा भइरहेको छ । यो शैक्षिक अराजकता जटिल ढंगले चुनौतिको विषय छ । संगठित बिद्रोह बिस्तारै बढ्दै देश अराजकतातिर उन्मुख भइरहेको छ । चाहे आर्थिक, शैक्षिक, ऋणका दृष्टिकोण, भ्रष्टाचारले । यसमा निगरानी गर्ने गठबन्धनको निश्चित मापदण्ड र कार्यदिशा नभए हामी असफल हुन्छौँ ।’