२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले घट्यो



अ+ अ-

काठमाडाैँ । नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ । सरकारी तथ्यांकअनुसार पछिल्लो ४ वर्षयता नेपालमा त्यस्ता खालको परियोजनाको संख्या दुई तिहाईले र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य बाहिर आएको हो ।

बिहीवार ललितपुरमा आयोजित विकास बहस सम्बन्धि एक कार्यक्रममा बोल्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्यालले उक्त तथ्य बताउनुभएको हो । उहाँले आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा परियोजना र त्यसबाट आउने बजेट ४० अर्व रहेको भएपनि त्यसयता परियोजना र स्रोत दुवै हरेक वर्ष घटदै गएको उल्लेख गर्नुभयो ।

मन्त्रालयले चालु आर्थिक वर्षमा पनि त्यस्ता परियोजना र स्रोत घटना आँकलन गरेको छ । सचिव अर्यालले विश्वव्यापी रुपमा आएको आर्थिक संकट, नेपाल एलडीसीबाट ग्रयाजुयट हुने सन्दर्भले पारेको प्रभाव कारण पनि नेपालमा यस्ता परियोजना र त्यसबाट आउने बजेट घटदै गएको हुनसक्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पछिल्लो केही वर्षको तथ्यांक हेर्दा नेपालमा अन्तराष्ट्रिय गैर सरकारी संस्थाबाट आउने स्रोत र परियोजना दुवै घटेको देखिन्छ । पछिल्लो ४ वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७८/७९ मा ९८ परियोजना र ती परियोजनामार्फत ४० अर्व रकम स्रोत नेपालमा आएको थियो भने पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा हेर्दा परियोजनाको संख्या दुई तिहाईले घटेको छ । र, स्रोत पनि आधा नै घटेको अवस्था छ । र, अहिले चालु आर्थिक वर्षको नै ट्रेन हेर्ने हो भने पनि यो परियोजनाको संख्या र परियोजनाबाट आउने स्रोत घटने नै आँकलन गर्न सकिन्छ । यसमा विविध कारणहरु हुनसक्छ । यसमा यहाँ नै अझ बढी जानकार हुनुहुन्छ । ग्लोबल इकोनोमिक क्राइसेस, ग्लोबल पोलिसी सिफ्ट हुनसक्छ । अथवा नेपालको आफ्नै इन्टरनल कन्फिडेन्सी बढेको अथवा नेपाल एलडीसीबाट ग्रयाजुयट हुने सन्दर्भले पनि यसलाई प्रभाव पारेको हुन सक्छ । यसको अतिरिक्त अरु कारणहरु पनि हुन सक्छ ।’

सचिव अर्यालले नेपालमा गैर सरकारी संस्थाहरुलाई कडाईका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताउनु भयो ।