२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु



अ+ अ-

काठमाडाैँ । अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा विगतको द्वन्द्वबाट बाँकी रहेको बारुती सुरुङ् (अप्रकाशित हतियार) को भग्नावशेषमा विस्फोट हुँदा दुई जना बालबालीकाको मृत्यु भएको प्रान्तीय अधिकारीले बिहीबार पुष्टि गरेका छन् ।

घटना रोहानी बाबा जिल्लाको स्पेना तख्तामा भएको जनाइएको छ जहाँ बालबालिकाले खल्ने क्रममा उक्त उपकरण फेला पारेर त्यस सँग खेलिरहेको अवस्थामा अचानक विस्फोट हुदाँ उनीहरूको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन अधिकारी तथा निर्देशक मावलवी निसार अहमद नेजातले बताउनुभएको छ ।

विगत तीन दिनमा गजनी प्रान्तमा अतियारका अवशेषहरू पट्कीयर भएका दुई वटा छुट्टा– छुट्टै घटनामा, अन्य दुई बालबालिकाहरू गम्भीर घाइते भएको जनाइएको छ । अफगानिस्तान चार दशक भन्दा लामो जुन युद्ध र आन्तरिक द्वन्द्वको कारण बारुती सरुङ् र अप्रकाशित हतियारहरूको भग्नावशेषले उच्च जोखिममा रहेको मुलुकको रुपमा स्थापित भएको जनाइएको छ ।




भर्खरै