२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड : भारतमा केही महिनामै तेस्रो लहर देखा पर्न सक्ने सम्भावना



अ+ अ-

नयाँदिल्ली । भारत सरकारले शनिबार बिहान प्रकाशित गरेको तथ्याङ्कमा विगत २४ घण्टामा झन्डै १९ लाखवटा नमुनाको परीक्षण हुँदा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६०,७५३ देखिएको छ। भारतमा दैनिक लगातार एक लाखभन्दा कम सङ्क्रमित पाइएको यो बाह्रौँ दिन हो।

विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ। सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारी तथ्याङ्कले देखाउँछ। तर विज्ञहरू फेरि अर्को लहर आउन सक्ने चेतावनी दिएका छन्।

कोभिडसँग सम्बन्धित कारणले थप १,६४७ जनाको मृत्यु भएसँगै भारतमा यो महामारीमा ज्यान गुमाउनेको सङ्ख्या तीन लाख ८५ हजार नाघिसकेको छ। चौबीस घण्टाको अवधिमा परीक्षण गरिएका मानिसमा कोरोनाभाइरस भेटिने दर घटेर ३.१९ प्रतिशत भएको सरकारी तथ्याङ्कमा उल्लेख छ। भारत सरकारका अनुसार अहिलेसम्म २.९८ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।

भारतमा अक्टोबरमा 'तेस्रो लहर आउन सक्ने'
समाचारसंस्था रोयटर्सले स्वास्थ्य विशेषज्ञहरूसँग गरेको एक सर्वेक्षणमा ८५ प्रतिशत सहभागीले कोभिडको तेस्रो लहर भारतमा अक्टोबरमा देखिन सक्ने ठानेको पाइएको छ।

चालीस विज्ञ सहभागी उक्त सर्वेक्षणमा झन्डै दुईतिहाइले उक्त लहरमा बालबालिका र १८ वर्ष मुनिका मानिस सबैभन्दा जोखिममा हुने कुरा स्वीकारेका छन्। तर विज्ञहरूले उक्त लहर नियन्त्रण गर्न सकिने खालको हुने बताउँदै कोभिड अझ एक वर्षका लागि खतराका रूपमा रहने बताएका छन्।

जुन १३ देखि १७ बीचमा गरिएको उक्त सर्वेक्षणमा विश्वभरिका स्वास्थ्य स्याहार विशेषज्ञ, चिकित्सक, वैज्ञानिक, भाइरसविद्, इपिडिमियोलजिस्ट र प्राध्यापकहरू छन्।उल्लेख्य रूपमा खोप कार्यक्रम अघि बढेका कारण नयाँ लहरको प्रभाव केही कम हुने उनीहरूले बताएका छन्। (एजेन्सी)




भर्खरै