५ असार २०८३, शुक्रबार
,
Latest
रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेनमार्कका फुटबल खेलाडी (क्याप्टेन) एरिक्सनको अवस्था स्थिर



अ+ अ-

काठमाडौं । डेनमार्कका फुटबल खेलाडी (क्याप्टेन) क्रिस्टियन एरिक्सनको अवस्था स्थिर रहेको यूईएफएले जनाएको छ । युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा डेनमार्क र फिनल्याण्डबिच भईरहेको आजको (शनिबार) खेलमा खेलका दौरान मैदानमा (क्याप्टेन) एरिक्सन अचानक ढलेका थिए । एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताइएको हो ।

२९ वर्षिय खेलाडी एरिक्सन खेलको पहिलो हाफको ४३ औं मिनेटमा एक्कासी बेहोस भएर मैदानमा ढलेका थिए। मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदानमै बोलाए सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लगिएको थियो ।

युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण आजको खेल रद्द गरिएपनि एरिक्सानलाई अस्पताल  पुर्याएपछि अहिले दुवै टोलीका खेलाडी र अधिकारीहरुबीच छलफल भइरहेको र यसबारे थप जानकारी दिइने बताएको छ । क्रिस्टियन एरिक्सन पछिल्लो समय टोटेन्हम् हटस्पुर क्लब छाडी ईन्टर मिलानसंग आबद्द भएका थिए ।