५ असार २०८३, शुक्रबार
,
Latest
रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बैद्यलाई कारबाही गर्न माग



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम बैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । 

नेपाल कम्युनिष्ट पार्टी एमालेका विभिन्न १५ वटा जनसंगठनहरुले गृहमन्त्री खगराज अधिकारीलाई कारबाही गर्न  माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र लिएर गृहमन्त्रालय पुगेका जनसंगठनका प्रतिनिधिले प्रदेश सांसद बैद्यले प्रधानमन्त्रिको ज्यान सुरक्षा माथि धावा बोलेकोले फौजदारी कसुरमा मुद्दा चलाई कारबाही गर्न माग गरेका छन् । 

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अधिकारीले कानून कार्यान्वयन गर्दा व्यक्तिको ओहोदा नहेरी संबिधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने बताए । 

सांसद बैद्य नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित जनप्रतिनिधि हन् । सांसद बैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्री माथि नकारात्मक टिप्पणी गर्दै नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए । सांसद बैद्यको टिप्पणीलाई सबैले निन्दा र भत्सर्ना गरे पछि उनले आत्मआलोचना गरिसकेका छन्। त्यस अघि नेपाली कांग्रेसले अभिव्यक्ति फिर्ता लिन सांसद बैद्यलाई निर्देशन नै दिएको थियो ।