२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना प्रविधिको प्रयोग गर्दै उल्लेख्य प्रगति हासिल गर्नुपर्छ : सभामुख घिमिरे



फाईल फोटो
अ+ अ-
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाल जस्तो मुलुकमा सूचना प्रविधिको प्रयोग गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा उल्लेख्य प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा सूचना प्रविधिका क्षेत्रमा क्रियाशील सबैमा शुभकामना व्यक्त गर्दै सञ्चार प्रविधिको सही सदुपयोगका लागि चेतनामूलक कार्यक्रमसँगै नीतिगत व्यवस्था गर्न आवश्यकता औँल्याउनुभयो ।
‘सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँका रूपमा परिणत गरे पनि प्रविधिको उपयोगलाई विश्वासनीय, सुरक्षित र पहुँचयोग्य बनाउने चुनौती भने यथावत् छ, सूचना प्रविधिको प्रयोग गर्दै नेपालको आर्थिक विकास, समृद्धि र रोजगारी सिर्जनामा काम गर्न सम्भव छ’, उहाँले भन्नुभएको छ ।
विगतको दशकमा दूरसञ्चार क्षेत्रमा भएको नवीनतम प्रविधि, पूर्वाधार विकास र नीतिमा नेपालले राम्रो फड्को मारेको उल्लेख गर्दै उहाँले प्रविधिले मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थाले डिजिटल प्रणालीमा सेवा प्रदान गर्दै आशाको सञ्चार गरेको महसुस गरेको बताउँदै उहाँले सरकारी सेवामा अनलाइन प्रणालीको विकास, मोबाइल बैंकिङ, इलर्निङ लगायतमा भएको प्रगतिले सेवा प्रवाहमा सहजता र समयको वचत गर्न सहयोग गरेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरोस् भन्ने कामना गर्दछु ।’-रासस