२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिग: मछिन्द्र र फ्रेन्ड्सले अंक बाडे



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीचको खेल २-२ को बराबरीम सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेल बराबरीमा रोकिएपछि मच्छिन्द्र र फ्रेन्ड्सले अंक बाडेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले दोस्रो हाफमा गोल गरेका थिए । खेलको ६८ औं मिनेटमा प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ७१ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ७८ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २(२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै मछिन्द्रले १९ खेलमा ३१ अंक जोडेको छ भने फ्रेन्ड्सले १९ खेलमा २१ अंक जोडेको छ । अंकतालिकामा मछिन्द्र तेस्रो स्थानमा रहँदा फ्रेन्ड्स १२ औं स्थानमा छ ।

यस्तै च्यासल मैदानमा भएको मनाङ मर्स्याङ्दी र संकटाबीचको खेल पनि २-२ को बराबरीमा टुंगिएको छ । कोफी कोउडुको दुई गोलमा दुई पटक अग्रता लिएपनि संकटाका युसुफ अत्रिस र मनिष डाँगीले बराबरी गोल फर्काए ।




भर्खरै