काठमाडौं । प्रहरीले हिजो (मंगलवार) बोराभित्र मानिसको खुट्टा भेटिएको स्थानबाट केही पर जलाएको अवस्थामा मासुजस्तै बस्तु फेला पारेको छ ।
घटनाको अनुसन्धान गर्दै गर्दा घटनास्थल भन्दा करिब १ किलोमिटर उत्तरतर्फ खाली जग्गमा परालले जलाएको अवस्थामा मासुको डल्ला फेला पारेको हो ।
धोक्रामा खुट्टा फेला पर्दा पराल हुनु र जलाएको ठाउँ पनि पराल देखिनुले घटनाको कनेक्सन हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।
मंगलवार प्रहरीले बौद्ध ६ को गुहेश्वरी फाँटको प्लानिङमा रहेको खाली जग्गामा बोराभित्र पराल हालेर मानिसको खुट्टा फ्याँकिएको अवस्थामा फेला पारेको थियो ।












