३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको आर्थिक दुरावस्थाको दोषी कोही एक व्यक्ति मात्र हुन सक्दैन – महामन्त्री शर्मा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले देशको आर्थिक दुरावस्थाको दोषी कोही एक व्यक्ति मात्र नभएको बताउनुभएको छ ।

आईतवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै महामन्त्री शर्माले देशको आर्थिक दुरावस्था हुनुमा एक व्यक्ति मात्र दोषी नभएको बताउनुभएको हो । उहाँले देशका शिर्ष नेताहरु सबै राजनीतिक उपलब्धिहरुको अंशियार र कमजोरीहरुको पनि जिम्मेवार भएको बताउनु भयो । उहाँले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले फूल नदेखेर काँडा मात्रै देखेको टिप्पणी गर्नुभयो । ओलीले यस्तो प्रवृत्ति त्याग्नुपर्ने उहाँको भनाई छ । मुलुकको अर्थतन्त्रको जटिलताको जिम्मेवार वर्तमान सरकार मात्रै नभएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘सम्पूर्ण रुपले काँडैकाँडा मात्र देख्ने । एउटा पनि फूल कहीँ नफुलेको देख्ने । त्यो चाहीँ दृष्टि सही भएन भन्ने मलाई लाग्छ । बालकोटमा घाम लाग्दै गर्दा बानेश्वरमा झलमल्ल हुने । बालकोटमा अलिकति बादल लाग्यो भने बानेश्वरमा आइपुग्दा सबै धमिलो देख्ने प्रवृत्ति पूर्वप्रधानमन्त्रीले परित्याग गर्नुपर्छ । उहाँले गर्दै गर्दा मुलुकको जुन अहिलेको आर्थिक चुनौति छ, यो चुनौतिलाई सामना गर्नका लागि जे–जस्ता प्रकारका कार्यक्रमहरु बनेका होलान् । त्यो कार्यक्रम पर्याप्त छ्रैनन् । अथवा अहिले मुलुकको अर्थतन्त्र जे जटिलतामा छ भन्दैगर्दा भर्खरै बनेको यो सरकारबाटै जटिलताहरु शुरु भएका हुन् भन्ने सत्य हो त ? त्यो पनि होइन । खासगरी १६/१७ वर्ष यता, गणतन्त्रस्थापना पछिको यो अवधिको बिचमा उहाँ आफैँपनि दुईपटक प्रधानमन्त्री हुनुहुन्छ । उहाँकै साथीहरु अस्ति भर्खरसम्म मन्त्रिपरिषद्मा सामेल हुनुहुन्थ्यो । अहिलेको आर्थिक दुरावस्थाको दोषि एक्लै कोही व्यक्ति प्रचण्ड, या केपी ओली, या शेरबहादुर देउवा मात्रै हो त ? यो त समग्रतामै साझा रुपमा अहिलेका उपलब्धिहरुको पनि अंशियार हौँ । अहिलेका कमजोरीहरुको पनि साझा रुपमा जिम्मेवार हौँ । निति कार्यक्रम हेर्दा उहाँले केही नभएको मात्रै, अध्याँरो मात्रै निराशाको मात्रै कुरा राख्नुभयो ।’