३० जेष्ठ २०८३, शनिबार
,
Latest
इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड



अ+ अ-

काठमाडौँ। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङमार्गको सभ्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड एक लाख बजेट विनियोजन गरेको छ ।

हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आगामी आवका लागि निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ५० करोड बजेट विनियोजन गरेको छ ।

ग्वार्काे सातदोबाटो एकान्तकुना फ्लाइओभरका लागि १२ करोड ६६ लाख छुट्याएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ ।  त्यसैगरी, सुरुङमार्ग विकास कार्यक्रमका लागि तीन करोड ७७ लाख ८० हजार बजेट छुट्याएको छ ।

मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार बजेट विनियोजन गरेको छ । त्यसैगरी, विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययनका लागि एक लाख ९० हजार बजेट छुट्याएको छ ।

त्यसैगरी, सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका लागि पाँच लाख ६० हजार बजेट विनियोजन गरेको छ । त्यस्तैगरी, दोलालघाट चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार विनियोजन गरेको छ । हात्तीसार बबई सुरुङमार्गका लागि सात लाख ५६ हजार छुट्याएको छ । खुर्काेट चियाबारी सुरुङमार्गको अध्ययनका लागि तीन लाख ९२ हजार विनियोजना गरेको छ ।

त्यसैगरी, शिवपुर भालुवङ्ग सुरुङमार्गका लागि तीन लाख ९२ हजार रकम  छुट्याएको छ । रानीघाट भुरीगाउँ सुरुङमार्गका लागि तीन लाख ९२ हजार बजेट छुट्याएको छ । रासस