२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिलको शतकीय पारीमा गुजरात फाइनलमा, मुम्बई ६२ रनले पराजित



अ+ अ-

एजेन्सी । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले आईपीएलमा लगातार दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गरेको छ । डिफेन्डिङ च्याम्पियन गुजरातले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

हार्दिकको टोलीले गत सिजन राजस्थान रोयल्सलाई हराएर उपाधि जितेको थियो । यसपटक फाइनलमा उनको अगाडि चार पटकको विजेता चेन्नई सुपर किंग्स हुनेछ ।

हार्दिकले ट्रफी उचाल्न आफ्ना गुरु महेन्द्र सिंह धोनीलाई हराउनुपर्नेछ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शुक्रबार राति गुजरातले मुम्बईलाई हराएको हो । यही मैदानमा उसले अब आइतबार (मे २८) मा हुने फाइनल खेलमा चेन्नईसँग प्रतिस्पर्धा गर्नेछ । गुजरातले फेरि एकपटक आफ्ना समर्थकहरूबीच खेल्ने मौका पाउनेछ । यस्तो अवस्थामा धोनीको टोलीमाथि निकै दबाब हुनेछ ।

चेन्नईले १० औं पटक फाइनल खेल्नेछ । गुजरातको टोलीले फाइनलमा चेन्नईसँग बदला लिने अवसर छ । महेन्द्र सिंह धोनीको टिमले क्वालिफायर १ मा हार्दिक पाण्ड्याको टिमलाई हराएको थियो ।

शुक्रबार वर्षाका कारण टस ४५ मिनेट ढिलो भएको थियो । रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे । गुजरातले २० ओभरमा तीन विकेट गुमाएर २३३ रन बनाएको थियो । जवाफमा मुम्बईको टोली १८.२ ओभरमा १७१ रनमा सिमित भयो ।

गुजरातका लागि शुभमन गिलले सर्वाधिक १२९ रन बनाए । उनले आफ्नो ६० बलको इनिङ्समा सात चौका र १० छक्का प्रहार गरे । चार खेलमा गिलको यो तेस्रो शतक हो । उनले लिग राउण्डका अन्तिम दुई खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध शतक प्रहार गरेका थिए । गिलका अलावा साई सुदर्शनले ३१ बलमा ४३ रन बनाए । उनी रिटायर्ड आउट भए ।

कप्तान हार्दिक पाण्ड्याले अन्तिम ओभरमा द्रुत रन बनाएर टोलीलाई २३० रनभन्दा माथि पुर्याए । हार्दिकले १३ बलमा अविजित २८ रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरे । ऋद्धिमान साहाले १६ बलमा १८ रन बनाए । राशिद खानले दुई बलमा पाँच रन बनाएर अविजित रहे । मुम्बई इण्डियन्सका आकाश मधवाल र पियुष चावलाले एक–एक विकेट लिए ।

मुम्बईका लागि सूर्यकुमार यादव, तिलक वर्मा र क्यामरुन ग्रीनले मात्र दोहोरो अंक पार गर्न सके । सूर्यकुमारले ३८ बलमा सर्वाधिक ६१ रन बनाए । उनले सात चौका र दुई छक्का प्रहार गरे । तिलक वर्माले १४ बलमा ४३ रन बनाए । योसँगै क्यामरुन ग्रीनले २० बलमा ३० रनको योगदान दिए । मुम्बईका आठ खेलाडीले दोहोरो अंक पार गर्न सकेनन् ।

इशान किशनको चोटका कारण नेहल वढेराले रोहित शर्मासँगै इनिङको सुरुवात गरेका थिए । वढेरा चार र रोहित शर्मा आठ रन बनाएर मोहम्मद सामीको शिकार बने । किशनको स्थानमा कनेक्शन सब्सीच्युटका रूपमा आएका विष्णु विनोद पाँच र विस्फोटक ब्याट्सम्यान टिम डेभिड दुई रन बनाएर पेभिलियन फर्किए । कुमार कार्तिकेयले ६, जेसन बेहरेनडर्फले अविजित ३ र क्रिस जोर्डनले २ रन बनाए । पियुष चावलाले खाता खोल्न सकेनन् ।

गुजरातका बलरहरुको उत्कृष्ट प्रदर्शन गरे । मोहम्मद शामीले आफ्नो पहिलो दुई ओभरमा रोहित र नेहललाई आउट गर्दै गुजरातलाई ठूलो सफलता दिलाए । उनीपछि मोहित शर्माले ५ विकेट लिएर मुम्बईको टिमलाई विफल पारे । राशिद खानले दुई र जोसुआ लिटिलले एक विकेट लिए ।