२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक लेखा समितिमा १२१ वटा उजुरी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी परेका छन् ।

बुधवार दिउँसो सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुलाई जानकारी दिँदै समितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले समितिमा १२१ वटा उजुरी परेको बताउनुभएको हो ।

उहाँले समितिले जुनसुकै विचाराधीन पुराना फाइल खोलेर त्यसमाथि अनुसन्धान अघि बढाउन सक्ने बताउनु भयो । उहाँले समितिमा हालसम्म परेका नयाँ र पुराना उजुरीमाथि समितिका सांसदहरुले अध्ययन गर्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘१२१ वटा सबै फाइलहरू माननीय सदस्यहरूले पढ्नुस् । १२१ वटा फाइल सबै माननीयहरूमा पुगोस् भन्ने मेरो चाहना थियो, त्यो पुगेको छ, यहाँहरूले त्यसलाई अध्ययन गर्नुस्, आवश्यकता अनुसार छलफलका लागि प्रश्ताव गर्नुस् । समितिले उजुरी गर्ने दुवै पक्षलाई राखेर दुवैको भएको के हो भन्ने बारेमा जानकारी लिन्छ । कुनैपनि पक्षलाई कुनै रिसिबिले कसै एकप्रति मात्रै हेर्ने भन्ने हुँदैन । समिति जुनसुकै बेला खेलेर छलफल गर्नसकिन्छ । कसैलाई आग्रह वा पूर्वाग्रह गर्ने भन्ने हुँदैन ।’

उहाँले समितिले जुनसुकै समयमा उजुरी दिने र पर्ने दुवैलाई राखेर छलफल गर्नुपर्ने आवश्यक्ता भए छलफल हुनुपर्ने बताउनु भयो । उहाँले समितिले पक्ष वा विपक्ष कसैलाई पनि आग्रह वा पूर्वाग्रह राखेर हेर्न नहुने बताउनु भयो।