२७ जेष्ठ २०८३, बुधबार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय रिङ रेस्लिङ आज



अ+ अ-

काठमाडौँ । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुने भएको छ ।

प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए । जसमा हेभीवेट विजेताले रु एक लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले एक लाख २५ हजार, हार्डकोर म्याच विजेताले रु एक लाख, फिमेल म्याच विजेताले रु ८० हजार र लाइट वेट विजेताले रु ६५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिष्पर्धाका लागि नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुपी ग्याङ, एक्स हिरो, सुजल, सीजे वल्र्ड, आकृति, तनु र कम्ब्याट कर्मा रिङमा उत्रने छन् ।

सञ्जय महर्जन र राकेश विकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् भने कार्यक्रम प्रस्तोतामा जीवन तामाङ रहनेछन् । प्रवेश निःशुल्क रहेको एकदिने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।