२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभातलाई १ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको अनुमति



फाईल फोटो
अ+ अ-

पोखरा । जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका बाग्लुङका प्रभात बस्याल धरौटीमा रिहा हुने भएका छन् । प्रभातलाई जिल्ला अदालत कास्कीले आइतबार १ लाख धरौटीमा रिहा गर्न अनुमति दिएको हो ।

न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई धरौटीमा छोड्न आदेश दिएको हो। यसअघि जिल्ला अदालत म्याग्दीले प्रभातलाई साढे २ लाख धरौटीमा रिहा गर्न अनुमति दिएको थियो ।

उनी जिल्ला अदालत कास्कीमा १ लाख र म्याग्दी अदालतमा साढे २ लाख धरौटी बुझाएपछि रिहा हुनेछन् ।

गत जेठ ७ गते म्याग्दीकी २२ वर्षीया युवतीले प्रभातविरुद्ध जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धनको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी थिइन् ।