२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतविरुद्ध नेपालका यी खेलाडी उत्रँदैछन् मैदानमा



अ+ अ-

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेल खेल्न लागेको नेपाली राष्ट्रिय फुटबल टिमको सुरुवाती–११ सार्वजनिक गरिएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले कुवेतविरुद्धको खेलका लागि किरण चेम्जोङको कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

नेपालले च्याम्पियनसिपको उद्घाटन खेलमा आमन्त्रित टिमका रूपमा सहभागिता जनाउन लागेको कुवेतविरुद्ध भिड्दैछ । भारतको बेंगलुरुस्थित श्री कान्तिरभा रंगशालामा हुने खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

समूह ‘ए’मा रहेको नेपालले २४ जुन आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारत र २७ जुनमा पाकिस्तानसँग खेल्नेछ ।

नेपालको समूहमा भारत, कुवेत र पाकिस्तान रहेका छन् । त्यस्तै समूह ‘बी’मा लेवनान, बंगलादेश, माल्दिभ्स र भुटान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ४ जुलाईमा हुनेछ ।

नेपाली टिम:
किरण चेम्जोङ (कप्तान तथा गोलकिपर), सनिस श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, एरिक विष्ट, पुजन उपरकोटी, लाकेन लिम्बू, अन्जन विष्ट, नवयुग श्रेष्ठ र मनीष डाँगी ।