२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा ‘परस्त्री’को व्यापक प्रचारप्रसार



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार नेपालसँगै भारतमा समेत भइरहेको छ ।

‘हिन्दी’ भाषामा समेत प्रदर्शन हुने चलचित्रको मुम्बई र दिल्लीमा पत्रकार सम्मेलन गरिएको छ । चलचित्रका निर्देशक सुरज पाण्डेले आयोजित समारोहले नेपाली चलचित्र र यसबारे प्रवर्द्धनमा सहयोग गरेको बताए ।

“हाम्रो विषयवस्तु ‘युनिभर्सल’ भएको हुँदा भारतीय दर्शकलाई समेत लक्षित गर्दै प्रदर्शनको तयारी गरेका छौँ । यसले आगामी दिनमा यहाँ नेपाली चलचित्र प्रदर्शन गर्न मार्ग प्रशस्त हुने विश्वास छ”, निर्देशक पाण्डेले भने ।

यस्तै, अभिनेत्री शिल्पा मास्केले आफ्नो कलाकारिता यात्रालाई नयाँ लयमा हिँडाउने बताइन् । उनले भनिन्, “यो भूमिका निर्वाह गर्ने विषयमा निकै सोचेर निर्णय लिएकी थिएँ । किनकि यसको चर्चा हुनेमा म जानकार थिएँ । ‘बोल्ड’ दृश्यसँगै अभिनयको पनि उत्तिकै चर्चाले चलचित्रसँगै मेरो कलाकारितालाई समेत फाइदा पुगेको छ ।”

दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा निर्मात्री शर्मिला पाण्डेले ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्र प्रदर्शन हुने जानकारी दिइन् । “हामीले नेपालमा नेपाली भाषा र अन्य देशमा हिन्दी भाषामा समेत प्रदर्शन गर्दैछौँ”, उनले भनिन् ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कटको कथामा निर्माण भएको चलचित्रमा कोसिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् ।