३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

रकगायक रविन तामाङको अन्त्येष्टि आइतबार गरिने



अ+ अ-

काठमाडौं । नेपाली रकगायक तथा अभिनेता रविन तामाङको पार्थिव शरीरलाई आइतबार अन्त्येष्टि गरिने भएको छ ।

रविनको तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि रविनको शवलाई बिहान १० बजेदेखि १ बजेसम्म राखिने उनका व्यवस्थापन समूहका आशिष पराजुलीले जानकारी दिए ।

रविनका दुई छोरीहरु फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लाग्ने भएकोले आइतबार अन्त्येष्टि तय भएको जनाइएको छ ।

रविनको मंगलबार बेलुका बुढानिलकण्ठ–५ चिसेनीस्थित घरमा निधन भएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु मुटुको समस्याले भएको हुन सक्ने जनाइएको छ ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविनले विभिन्न चलचित्रमा अभिनय समेत गरेका थिए । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ ।

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । हिन्दी थ्रिलर वेब सिरिज ‘दि लास्ट आवर’मा समेत रविनको अभिनय रहेको छ ।