३० जेष्ठ २०८३, शनिबार
,
Latest
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी



अ+ अ-

काठमाडाैं। जलवायु परिवर्तनका कारण मानव जीवन, जीविकोपार्जन र समग्र पर्यावरणीय सन्तुलनमा गम्भीर चुनौती खडा भएकोे छ ।

पछिल्ला अध्ययनहरुले जलवायु परिवर्तनले प्रकृति र जीवजन्तुमा मात्रै नभई प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पु¥याएको देखाएका छन् ।

प्रजनन तथा आईभीएफ विशेषज्ञ डा. रश्मी श्रीशले पछिल्लो समय विश्वभर निःसन्तानपनको दर बढ्दै गएको र यसको पछाडि जलवायु परिवर्तन तथा वातावरणीय असन्तुलन प्रमुख कारणका रूपमा देखा पर्न थालेको बताउनुभएको हो ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै डा. श्रीशले प्रजनन स्वास्थ्यसम्बन्धी समस्यामध्ये करिव २० प्रतिशतमा जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव रहने गरेको अध्ययनले देखाएको बताउनु भयो ।

चीनमा गरिएको पछिल्लो अध्ययनले निःसन्तानपनको समस्यामा २० प्रतिशत जलवायु परिर्वतनको भुमिका रहेको देखाएको उहाँले बताउनु भयो ।

जलवायु परिवर्तनले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यमा बराबर असर पार्ने गरेको पनि अध्ययले देखाएको छ । डा. श्रीशले जलवायु परिवर्तनका कारण मौसमा आएको परिर्वतनले मानिसमा बढ्ने तनाव, थकान र जीवनशैलीमा आउने परिवर्तनले यौन स्वास्थ्य र प्रजनन क्षमतामा असर पारिरहेको बताउनु भयो ।

जलवायुजन्य विपद्को समयमा प्रभावितले समयमै स्वास्थ्य उपचार गराउन नपाउने व्यवहारिक कठिनाईका कारण समेत प्रजनन स्वास्थ्यमा गम्भीर समस्या देखिने गरेको उहाँको भनाइ छ ।

डा. श्रीशकाअनुसार वातावरणीय असन्तुलनको कारण बढ्दो तापक्रम, वायु प्रदुषण, रासायनिक पदार्थको प्रभाव तथा प्लास्टिकजन्य सामग्रीको प्रयोगले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको छ । महिलामा महिनावारीमा अनियमितता र छिटो मेनोपज हुने समस्या देखिने गरेको तथा पुरुषमा शुक्राणुको गुणस्तर र संख्यामा कमी तथा डीएनए क्षति हुनसक्ने जोखिम बढाएको बताउनु भयो । विश्व तथ्यांकअनुसार, प्रत्येक ६ दम्पतीमध्ये १ दम्पती निःसन्तानपनको समस्याबाट प्रभावित हुने गरेका छन् ।

नेपालमा यसबारे अध्ययन नभएपनि सोही अनुपातमा समस्या रहेको डा. श्रीशले बताउनु भयो । डा. श्रीशले निःसन्तानको समस्याले दीर्घकालिन रुपमा सिंगो देश र विश्वलाई नै प्रभाव पार्ने भएकाले व्यक्तिको स्वास्थ्य समस्याको रुपमा नभई पब्लिक हेल्थको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, उहाँले भन्नुभयो, ‘निःसन्तानपनलाई खाली व्यक्तिको समस्या नभएर पब्लिक हेल्थको इस्यूको रुपमा लिनुपर्ने देखिइरहेको छ, लिनुपर्छ । निःसन्तानपनलाई पब्लिक हेल्थमा राख्नुपर्ने विषयमा अहिले संसारभरी बहस पनि भइरहेको छ । किनकी यसको प्रिभेलेन्स इन्सिडेन्स बढेर गइरहेको छ । अर्को, कुरा पर्यावरणीय परिवर्तन र जलवायु परिवर्तनको कारणले पनि धेरै प्रभाव परिरहेको छ । यसले महिला र पुरुषका साथै सबै उमेर समूहका नागरिकलाई समस्या गर्छ ।

भर्खरै यो विषयमा चाइनामा रिसर्च भएको छ । त्यो अध्ययनले प्रजनन स्वास्थ्य र निःसन्तानपनका जतिपनि केसहरु छन् त्यसमध्ये  २० प्रतिशत मान्छेहरुमा जलवायु परिवर्तनको प्रभाव पारेको देखाएको छ । यसको विषयमा नेपालमा भने अहिलेसम्म अध्ययन भएको छैन । विश्वव्यापी रुपमा यस विषयमा अध्ययन अनुसन्धानहरु भइरहेका छन् । युरोपमा निःसन्तानसम्बन्धी एउटा ठूलो कन्फरेन्स हुन्छ त्यसमा ठूलो बहस पनि थियो । उक्त बहसमा पर्यावरणीय अवस्था जलवायु परिपवर्तको कारण निःसन्तानपनका घटनाहरु बढिरहेको छ । यसको समाधानका लागि के गर्ने, के नगर्ने भन्ने विषयमा हरेक वर्ष त्यहाँ बहस हुने गरेको छ । त्यसमा जलवायु परिवर्तनले मुख्य प्रभाव पारेको नै देखाइरहेको छ । जलवायु परिवर्तनले प्रजनन स्वास्थ्यमा कसरी प्रभाव पारिहरेको छ भन्दा पहिलो कुरा त मान्छेको व्यवहारमा भइरहेको छ ।

अर्को कुरा शारीरिक रुपमा पनि प्रभाव पारिहरको छ । व्यवहारिक प्रभावमा जलवायु परिवर्तनको कारण तापक्रममा वृद्धि हुँदा आलस्य हुने, अल्छी लाग्ने, तनाव धेरै हुने हुन्छ । यसले शरिरमा आवश्यक हर्मोनहरु र मान्छेको इच्छाशक्ति पनि कमजोर हुँदै जाने हुन्छ । बच्चाको लागि नियमित रुपमा सेक्सुअल इन्टरकोर्स गर्नु नै भन्छन् । मान्छेमा यौन इच्छाशक्ति घटेर जाँदा पनि निःसन्तापन समस्या देखिने गरेको छ । अर्को कुरा, जलवायु परिवर्तनको कारणले बाढीपहिरो आउला, हिट वेभहरु होला । विपद्को समयमा आवश्यक स्वास्थ्य उपचारमा ढिलाई ढिलाई हुने गर्दछ  । निःसन्तानपन बढ्नुको यो चाहीँ जलवायु परिवर्तनको व्यवहारिक असरहरु भए ।

त्यसैगरी शारीरिक रुपमा बढ्दो तापक्रम, केमिकलहरु, वायु प्रदुषण एअर क्वालिटीभन्दा माथि पुग्दा, खानेकुरामा, प्लापस्टिकका बोतलहरुको प्रयोगको कारणले समेत पुरुष र महिला दुवै जनाको प्रजनन स्वास्थ्यमा असर पुर्याइरहेको हुन्छ । यसले गर्दा महिलाहरुमा चाँडो मेनोपज हुने तथा अनियमित महिनावारी हुने समस्याहरु देखिन्छन् ।

जसले गर्दा निश्चय पनि प्रजनन् स्वास्थ्यमा असर पु¥याउँँछ नै । पुरुषहरुमा पनि समेत प्रजनन कोषहरु घट्दै जाने, डिएनएमा असर गर्ने गरेको कारण पुरुषहरुमा समेत निःसन्तानको समस्या हुनसक्छ । अहिले युरोप, अमेरिकाका साथै विश्वका विभिन्न क्षेत्रमा भइरहेका अनुसन्धानले देखाएको मुख्य कारण भनेको पर्यावरणीय असन्तुलन (जलवायु परिवर्तन) नै हो । इन्भाइरोमेन्टल फ्याक्टर भनेको वायु प्रदुषण पनि भइहाल्यो, जीवनशैली, दैनिक प्रयोग गर्ने समानको कारण नै हो ।

अर्को कुरा कारण नै थाहा नभईकन मान्छेमा निःसन्तानपन देखिने, भएपनि बारम्बार गर्व खेर जाने समस्याहरु पनि देखिइरहेको छ । विश्वव्यापी रुपमा नै निः सन्तापनको समस्या बढ्दै गइरहेको छ । नेपालको सन्दर्भमा पनि बढी नै रहेको छ । हरेक ६ जनामा १ जना निःसन्तानपनले ग्रसित हुनुहुन्छ । यो विश्वव्यापी अनुपात हो । नेपालमा पनि लगभग त्यही अनुपातमा यो समस्या देखिन थालेको छ ।’

जलवायु परिजवर्तनले महिला र पुरुषको प्रजनन स्वास्थ्यमा कस्तो असर पार्छ ?

डा. श्रीशले निःसन्तानको समस्या महिला र पुरुष दुवैमा बराबर हुने बताउनुहुन्छ । नेपाली समाजमा कुनै दम्पतीमा निःसन्तापन देखिएमा महिलालाई मात्र दोष दिने प्रवृत्ति रहेको भएपनि समस्या पुरुषमा पनि समान रहेको बताउनु भयो । महिलाहरूमा वातावरणीय जोखिमको कारण  अण्डाणुको गुणस्तर कमजोर हुँदै जाने तथा प्रजनन क्षमतामा समेत ह्रास आउने गर्दछ । उहाँले वायु प्रदुषण र प्लास्टिकजन्य वस्तुको अधिकतम प्रयोगको कारण समेत दम्पतीहरूमा उपचारको नतिजामा प्रभाव पर्ने गरेको देखिएको बताउनु भयो । जलवायुजन्य प्रभावका कारण बदलिएको मौसमी चक्र, प्रदुषण, तापक्रम लगायतले शुक्रकीटको संख्या घटाउने तथा शुक्रकीटको गतिशीलतामा कमी ल्याउने समस्या देखिएको डा. श्रीशले बताउनु भयो । उहाँले विश्वभर पुरुषहरूमा शुक्रकीटको संख्या क्रमशः घटिरहेको र यसो हुनुको मुख्य कारणका रुपमा जलवायु परिवर्तनलाई हेरिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो समाजमा निःसन्तापन महिलाको कारण मात्र हुन्छ भन्ने भाष्य बनाएर ट्याग लगाइदिने भएर मात्र हो । तर विश्वव्यापी अनुसन्धान र अध्ययनले भने  निःसन्तानपन हुनुमा महिला र पुरुष दुवैमा उत्तिकै समस्या भएको कारण हुने गरेको छ । अहिले महिला र पुरुषको कारणले भन्दा पनि अज्ञात कारणले पनि निःसन्तानपनको समस्या बढिरहेको हुन्छ । हाम्रो समाजमा निःसन्तापन महिलाको कारण मात्र हुन्छ भन्ने भाष्य बनाएर ट्याग लगाइदिने भएर मात्र हो । तर विश्वव्यापी अनुसन्धान र अध्ययनले भने  निःसन्तानपन हुनुमा महिला र पुरुष दुवैमा उत्तिकै समस्या भएको कारण हुने गरेको छ । अहिले महिला र पुरुषको कारणले भन्दा पनि अज्ञात कारणले पनि निःसन्तानपनको समस्या बढिरहेको हुन्छ ।’

‘जलवायु परिवर्तन र प्रजनन् स्वास्थ्यको विषयमा एकीकृत अध्ययन आवश्यक’

डा. श्रीशले निःसन्तानपनको समस्यालाई व्यक्तिको समस्याको रुपमा मात्र सार्वजनिक स्वास्थ्यको रुपमा हेर्नुपर्नेमा जोड दिनुभयो । त्यसैले नेपाल सरकारले पनि पर्यावरणीय असन्तुलन र प्रजनन स्वास्थ्य बारे एकीकृत अध्ययन गर्न आवश्यक रहेको तर्क डा. श्रीशले गर्नुभयो । उहाँले सरकारले जलवायु परिवर्तनका कारण प्रजनन स्वास्थ्यमा परेको असर बारे अध्ययन गरी सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा आवश्यक नीति निर्माण गर्नुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको विषयलाई केबल वातावरण संरक्षण, सरसफाई र वृक्षारोपण गर्ने मात्रै नभई त्यसले प्रजनन स्वास्थ्यमा पार्ने असरका विषयलाई पनि एकीकृत रुपमा हेर्नुपर्ने देखिएको छ । किनभने महिला स्वस्थ भयो र प्रजनन क्षमता बलियो भने बच्चा स्वस्थ हुन्छ । स्वस्थ बच्चा जन्मेपछि हाम्रो भविष्य पनि राम्रो हुन्छ । हाम्रा हरेक क्रियाकलाप जलवायु परिवर्तनसँग सम्बन्धित छ र यसले कहीँ न कहीँ हाम्रो प्रजनन स्वास्थ्यमा असर गरिरहेको छ । स्वस्थ आमा, स्वस्थ बच्चा र स्वस्थ भविष्यमा हामी सबैले ध्यान दिन जरुरी रहेको छ । किनभने आमा स्वस्थ भयो भने मात्रै बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने मात्रै हाम्रो भविष्य पनि स्वस्थ हुन्छ । त्यसैले जलवायु परिवर्तनको कारण प्रजनन स्वास्थ्यमा देखिने समस्याको बारेमा सरकार र सम्बन्धित निकाय मिलेर अध्ययन–अनुसन्धान गर्न जरुरी छ ।’

उहाँले जलवायु परिवर्तनको असर मानिसको प्रजनन स्वास्थ्यमा पर्न नदिन पर्यावरणमैत्री जीवनशैलीको अभियानको थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।