२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरका पाहुना आउँदै, प्रधानमन्त्री इटाली जाँदै



अ+ अ-

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन  जुलाई २३ देखि तीन दिने भ्रमणका लागि नेपाल आउँदै हुनहुन्छ ।

उत्तरका उच्च अधिकारी नेपाल आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने खाद्य सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन इटाली जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहाल जुलाई २१ मा इटाली जाने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

च्युनले नेपालमा रहँदा चिनियाँ लगानीमा सञ्चालन भैइहेका आयोजनाहरुका बारेमा जानकारी लिनुका साथै सो समयमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने एक उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तोकिने उपाध्यक्षसँग भेट गर्ने तय भएको छ ।

यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का शीर्षनेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।