३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पाकिस्तान ‘ए’सँग पराजित



अ+ अ-

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपालले हारबाट सुरुवात गरेको छ । शुक्रबार कोलम्बो कोल्ट्स क्रिकेट क्लबको मैदानमा सम्पन्न खेलमा नेपाल पाकिस्तान ‘ए’सँग विकेटले पराजित भएको हो ।

१८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । पाकिस्तानका ‘ए’का लागि तयाव ताहिरले ६७ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै, ओमाइर युसुफले ४० बलमा ३६, कमरन गुलामले २६ बलमा ३१, सइम अयुवले २५ बलमा २४ रन जोडे ।

बलिङतर्फ नेपालका लागि ललित राजवंशीले ३, पवन शर्राफले २ र कुशल मल्लले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो । नेपालका सोमपाल कामीले १०१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । एक समय १५.४ ओभरमा ७२/८ को दयनीय अवस्थामा पुगेको नेपाललाई सोमपाल र प्रतिश जि।सी ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

प्रतिश २४ बलमा १ चौका र २ छक्कासहित २६ रनमा क्याच आउट भए । अन्तिम विकेटका लागि सोमपालले ललित राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए ।

नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेल दोस्रो ओभरको पाँचौं बलमा एक रनमा बोल्ड हुन पुगे । यस्तै अर्का ओपनर आसिफ शेख १२ बलमा ३ चौका प्रहार गर्दै १२ रन बनाएर आउट भए । पाँचौं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेल ४ बलमा १ चौकासहित ४ रन बनाएर क्याच आउट भए ।

यस्तै, भीम सार्की शून्यमा बोल्ड आउट हुँदा अर्जुन साउद २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रनमा क्याच आउट भए । कुशल मल्लले १७ रन जोड्दा गुल्शन झा १९ बलमा १३ रन बनाउदै आउट भए ।

बलिङतर्फ पाकिस्तान ‘ए’का मोहम्मद वासिम जुयिनरले चार विकेट लिए । तीव्र गतिका बलर शाहबाज दाहानीले चार विकेट लिए भने मुबासिर खानले एक विकेट लिए ।

नेपालले अब दोस्रो खेलमा सोमबार भारत ‘ए’ सँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ‘ए’ सँग खेल्नेछ ।

६ टोली सहभागिता रहेको टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । सेमिफाइनलका दुई विजेता टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल २३ जुलाईमा हुनेछ ।