२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती किनार कुपण्डोलमा ५० बोट जापानी साकुरा रोपियो



अ+ अ-

ललितपुर:  जापानबाट उच्च शिक्षा पढेर फर्केका नेपाली विद्यार्थीहरुको संगठन ‘जुआन’ स्थापनाको स्वर्ण महोत्सवको अवसरमा शनिबार विहान ललितपुर महानगरपालिका वडा नं १० कुपण्डोलस्थित बागमती किनारमा रहेको उद्यानमा ५० वटा जापानी विरुवा साकुरा र २० वटा नेपाली आरुका विरुवा रोपियो ।

जुआनको स्वर्ण महोत्सव अर्थात ५० वर्ष पुगेको अवसरमा ५० वटा साकुरा रोपिएको जुआनका पुर्व अध्यक्ष हरेन्द्र विकास वरुवाले बताउनुभयो ।

जापानी फूल साकुरा र चैत बैशाखमा नेपालको डाँडापाखामा फूल्ने पैयँु एकै प्रजातिको भएको वनस्पतिवीद् एवम् जुआनका पुर्व अध्यक्ष डा.केशव श्रेष्ठ बताउनुहुन्छ । वैदिक र आर्युर्वेदिक गुण भएको साकुरालाई पैयँु, चारु र चेरी पनि भन्ने गरिन्छ । यो ३० फिटसम्मको उचाईको हुने र एक हजारवर्षसम्म बाँच्नसक्ने बताइन्छ ।

नेपालका लागि जापानी राजदूत युताका किकुता तथा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले संयुक्तरुपमा साकुरा रोपेर कार्यक्रमको शुरुवात गर्नुभएको थियो ।

‘जापानको फुकुशिमा शहर जसरी साकुरा र आरुको लागि प्रशिद्ध छ, त्यसैगरि ललितपुर शहर पनि साकुरा र आरुको लागि प्रशिद्ध होस् भन्ने हाम्रो कामना छ’ साकुरा वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै नेपालका लागि जापानी राजदूत युताका किकुताले भन्नुभयो ।

३० वर्षअघि सन् १९९३ मा काठमाण्डौको थापाथली र ललितपुरको कुपण्डोल जोड्ने बागमती नदीमा जापान सरकारले पुल बनाईदिएको स्मरण गर्दै राजदूतले सोही पुलको नजिकै बागमती किनारमा रोपिएको साकुराले नेपाल र जापानबिचको जनस्तरको सम्वन्धलाई स्थानीयतहमा प्रगाढ पार्ने कुरामा जोड दिनुभयो ।

नेपालका तत्कालिन युवराज वीरेन्द्र जापानको टोकियो विश्वविद्यालयको विद्यार्थी छँदा सन् १९६७ मा उनले जापानमा हिमालय साकुरा जातको विरुवा रोपेको पनि राजदूत किकुताले स्मरण गर्नुभयो ।  ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिबार रोपिएको साकुरा महानगरपालिकाले शतप्रतिशत बचाउने र फुलाउने कुरामा विश्वास दिलाउँदै भन्नुभयो—‘ललितपुर महानगरलाई हरियाली बनाउन आफुले कुनै कसर बाँकी राखिने छैन र महानगरका अन्य खाली ठाउँमा पनि थप साकुराका विरुवा रोपि सबै विरुवा बचाइँनेछ ।’

त्यस अवसरमा जापानबाट बोटानिकल विषयमा विद्यावारिधि गर्नुभएकी अन्नपूर्ण रिसर्च सेन्टरकी प्रमुख डा.विजया पन्तले आफ्नो अनुसन्धान केन्द्रले साकुराको विरुवा उत्पादन गरेको बताउँदै साकुरा वातावरण स्वच्छ र हरियाली राख्न मात्रै नभई औषधि र सौन्दर्यका सामाग्री उत्पादन गर्न पनि उपयोगी विरुवा भएको बताउनुभयो ।

जुआनका उपाध्यक्ष डा.खड्ग केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव डा.जीवन भट्टराईले पनि बोल्नुभएको थियो । कार्यक्रममा जुआनका निवर्तमान तथा पुर्व अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता थियो ।

तस्वीरहरूः बलराम प्यासी




भर्खरै