२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय भलिबल टिमका कप्तान हरिहजुर थापा बर्खास्त



अ+ अ-

काठमाडौं । नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण हरिहजुरलाई कप्तानीबाट हटाईएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

सोमबार सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगअन्तर्गत गण्डकी प्रदेशविरुद्ध खेलका दौरान हरिहजुर दर्शकतर्फ आक्रोशित भएको र कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै उनलाई कारवाही गरिएको श्रेष्ठले बताए ।

सोमबार गण्डकी प्रदेशविरुद्ध आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले कारवाहीस्वरुप उनको पद खोसेको हो ।

‘उनमा राष्ट्रिय टोलीको कप्तानी गर्ने क्षमता देखिएन । त्यसैले उनीमाथि कारवाही स्वरुप पदमुक्त गर्ने निर्णय गरिएको हो’, महासचिव श्रेष्ठले भने ।

घटनाका बारेमा छानविन गर्न ५ सदस्यीय समिति गठन गरिएको थियो । समिति ले बुझाएको प्रतिवेदन र त्यसले दिएको सुझावका आधारमा शनिबार बसेको संघको कार्यसम्पादन समितिको बैठकले कारवाही गरेको महासचिव श्रेष्ठले जानकारी दिए ।

छानविन समितिले आर्मीका खेलाडी, टोली, उजुरी दिने दर्शक लगायतको बयान लिएको थियो । सोमबार भएको खेलमा गण्डकी प्रदेशविरुद्ध तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा थियो । रेफ्रीले चेकआउट हुँदा अंक आर्मीलाई दिएको भन्दै गण्डकीका खेलाडीले असन्तुष्ट जनाएका थिए । त्यसैक्रममा आर्मीका खेलाडीलाई दर्शकले अपशब्द बोल्नुको साथै बोतल प्रहार गरेपछि खेलाडी संयमित हुन नसक्दा उक्त घटना घटेको थियो ।

संघले गत महिना मात्र हरिहजुरलाई राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो । हरिहजुरको कप्तानीमा नेपालले कीर्गिस्तानमा काभा नेसन्स लिगमा खेलेको सबै ६ खेल गुमाएको थियो ।