१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छः प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताउनुभएको छ । इटालीको रोममा विभिन्न नेपाली सङ्गठनका प्रतिनिधिले उहाँसँग आज गर्नुभएको भेटमा प्रधानमन्त्री दाहालले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डसँग नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूले भेट गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री दाहालले ठूला–ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा युरोपमा रहेका नेपालीको साथ आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा सरकारले गरेका कामबाट विदेशमा भएका नेपालीमा देश बन्ने भो भन्ने सन्देश प्रवाह भएकाले त्यसका लागि प्रधानमन्त्रीलाई बधाई दिन एवं ऐक्यबद्धता जनाउन नेपाली सङ्गठनका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले युरोपमा रहेका नेपालीको समस्या समाधान गर्नका लागि कूटनीतिक तवरले आफू लागिपरेको बताउनुभयो । रासस