३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोनाकोलाई पेनाल्टीमा हराउँदै आर्सनलले जित्यो इमिरेट्स कपको उपाधि



अ+ अ-

एजेन्सी । इंग्लिस क्लब आर्सनलले इमिरेट्स कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा फ्रेन्च क्लब एएस मोनाकोलाई पेनाल्टीमा हराउँदै आर्सनलले उपाधि उचालेको हो ।

निर्धारित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा गएको थियो । आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलको खेलको ३१ औं मिनेटमा युसुफ फोफानाले गोल गर्दै मोनाकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४३ औं मिनेटमा एड्डी केटियाहले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरी ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र नतिजा पेनाल्टीले टुंगो लगायो । पेनाल्टीमा आर्सनल ५–४ ले विजयी बन्यो । आर्सनलका मार्टिन ओडेगार्ड, जर्गिन्हो, काई हाभेट्र्ज, फावियो भिएरा र गाब्रियलले गोल गरे ।

यता मोनाकोका ओलिभेइरा सिल्भा, युसुफ फोफाना, केर्पिन डियट्टा र केभिन भोलान्डले गोल गर्दा टाकुमी मिनामिनोले पेनाल्टी मिस गरे । उनकै पेनाल्टी मिसले आर्सनलले उपाधि जित्यो । आर्सनलले अब आइतबार म्यान्चेस्टर सिटीसँग कम्युनिटी शिल्डको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।