२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालक आन्दोलित



अ+ अ-

काठमाडौं । नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् ।

बिहीवार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन् ।

बिरोध प्रदर्शनका क्रममा बोल्दै नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजका महासचिव दिलिपकुमार श्रेष्ठ निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेकोप्रति आफूहरुको असन्तुष्टि रहेको बताउनु भयो । उहाँले निजी गाडीले सार्वजनिक सवारीको काम गर्नु यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेको छ । त्यो यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरित छ । त्यो विपरित कार्य गर्न पाइँदैन । हामीले पटकपटक ज्ञापन पत्र बुझायौँ । तर कार्यान्वय गर्छौं गर्नुभयो, तर कार्यान्वयन भएन । यो सरासर कानूनअनुसार गलत छ । हाम्रा माग आम सर्वसाधारणले पनि थाहा पाउन् भनेर माग गर्न बिरोध गरेका हौँ ।’

प्रदर्शनकारी यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने, चालकलाई दुव्र्यवहार गर्ने काम बन्द गर्नुपर्ने, अंग्रेजीमा लेखिएको इम्बोस्ड नम्बर खारेज गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको नेपाली संम्वत जिपीएस नम्बर कायम गर्नुपर्ने, तेस्रो पक्ष बीमाबाट दुर्घटना भएकोलाई सम्पूर्ण उपचार खर्च राज्यबाट लागू गरी मृत्यु भएमा २५ लाखको राहत प्रदान गर्नुपर्ने, ट्याक्सी मिटर सिल चुडिँदा गाडी साहु र चालक जेल जानुपर्ने कानून खारेज गर्नुपर्ने, नेपालभरका ट्याक्सी भाडादर एउटै कामय गरी अन्तर्राष्ट्रिय नीति लागू गर्नुपर्ने, नेपाल सरकारको मातहतमा एप्सलाई जडित गरी सम्पूर्ण एप्स खारेज गर्नुपर्ने, एप्स र मिटरको भाडा बराबर गरी सञ्चालन गर्नुपर्ने, सम्पूर्ण गाडीको भन्सार २६० प्रतिशत छुट गरी यातायात सञ्चालन गर्नुपर्ने, यातायातका सेतो, पहेँलो, हरियो, निलो, रातो र कालो प्लेटको सम्मान व्यवहार गर्नुपर्ने लगायतका माग राखी बिरोध प्रदर्शन गरेका हुन् ।




भर्खरै