२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमा रमाउँदै लाहुरे गुरुङ



अ+ अ-

गलकोट । उमेरले ५८ वर्ष पुग्नुभएका गलकोट दुदिलाभाटीका बमबहादुर गुरुङ व्यावसायिक कृषिमा रमाउन थालेको १५ वर्ष भयो । मकै फल्ने बारीमा माछापालन र सुन्ताला खेती गर्नुभएका उहाँले यतिबेला कृषिबाट राम्रो आम्दानी समेत गर्दै आउनुभएको छ ।

जीवनको उर्जावान समय भारतीय सेना र इराकमा बिताएपछि उहाँ व्यावसायिक कृषि आबद्ध हुनुभएको हो । गलकोट–१ दुदिलाभाटीस्थित कटौदेका गुरुङले भारतीय सेनामा १६ वर्ष बिताएपछि २०६१ सालमा अवकास लिनुभयो । त्यसपछि वैदेशिक रोजगारीका लागि इराक पुग्नुभएका उहाँले त्यहाँ तीन वर्ष त्यहाँ बिताउनुभयो । त्यसपछि २०६४ सालमा गाउँ फर्कनुभएका गुरुङले २०६५ सालदेखि मकै फल्ने बारीमा व्यावसायिक कृषि सुरु गर्नुभएको हो ।

“मकैबारीमा पोखरी बनाउँदा गाली गर्नेहरु धेरै थिए”, गुरुङले भन्नुभयो, “तीन रोपनीमा माछापालन र तीन रोपनीमा गरिएको सुन्ताला खेती यतिबेला आम्दानीको भरपर्दो स्रोत बनेको छ ।” उहाँका अनुसार यतिबेला माछापालन र सुन्तला खेतीबाट वार्षिक औसत रु पाँच लाख बचत भइरहेको छ ।

“तत्कालीन समयमा सोखका हिसाबले माछापालनका लागि पोखरी खनेँ, सुन्तलाका विरुवा पनि रोपे”, उहाँले भन्नुभयो, “अहिले यो व्यावसायिक भयो, आफैँ पसिना बगाउँछु, जति लगानी गर्नुपर्ने हो त्यो बेलै गरेँ, अहिले आम्दानीको भरपर्दो स्रोत भएको छ । सबै रकम बचत भइरहेको छ ।”

गुरुङले माछापालनको सोच भने भारतीय सेना कार्यरत हुँदा नै बनाएको सुुनाउनुभयो । अहिले आम्दानीका लागि पेन्सन समेत भएकाले आफू र पाहुनाका लागि छुट्याएपछिको मात्रै माछा बिक्री गर्दै आउनुभएको छ । जसबाट वार्षिक रु तीनदेखि चार लाखसम्म बचत हुने उहाँको भनाइ छ । घरै अगाडि सुन्तलाको बगैँचा र बीचमा माछापोखरी हुँदा घर छाडेर अन्तत्र बसाइसराइँ गर्न मन नलाग्ने उहाँले सुनाउनुभयो ।

“पहिला सोखले सुन्तला र माछापालन थालेको थिएँ, पछि माछापालनको क्षेत्र बढाएर तीन रोपनी पुर्याएँ, अहिले घरमै माछा खोज्न ग्राहक आउँछन्”, गुरुङले भन्नुभयो, “सुन्तलाको यसवर्ष एकमुष्ट रु दुई लाख आम्दानी गरेँ, केही सुन्तला आफन्तलाई कोसेली पठाएँ, श्रीमतीले घर नजिकैको सरस्वती माध्यामिक विद्यालयमा अध्यापन गराउनुहुन्छ, फुर्सदको समयमा श्रीमतीले समेत सुन्तला बगैँचाको स्याहार गर्नुहुन्छ ।”

गुरुङले मगरात एकीकृत कृषि फार्म दर्ता गरी खेती गरिरहनुभएको छ । अहिले माछाको बजारभाउ प्रतिकेजी रु छ सयमा बिक्री गर्दै आएको गुरुङको भनाइ छ । उहाँले माछा नजिकको हटिया र बागलुङ बजारमा खपत हुँदै आएको बताउँदै सुन्तला भने एकमुष्ट बिक्री हुने बताउनुभयो । सुन्तलाका बिरुवा बढाउने र पोखरीलाई थप व्यवस्थित गर्ने योजनामा गुरुङ हुनुहुन्छ ।

दुदिलाभाटीको चिसो पानीमा हुर्केका ग्रासकाप र सिल्भर कापका माछाको स्वाद मीठो भएकाले यहाँको माछा ग्राहकको रोजाइमा परेको उहाँको भनाइ छ । मकैबारी मासेर पोखरी बनाउँदा गाली गर्नेहरूले अहिले आफ्नो व्यावसायिक सोचबाट प्रेरित भएको देखेर आफूलाई सुन्तुष्टि मिल्ने गुरुङको भनाइ छ । रासस




भर्खरै