२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध सरकारी जग्गा कब्जा गरी भाडा नतिर्ने उद्योगविरुद्ध मन्त्री यादवको कडा कदम, एकै दिनमा १२ भन्दा… टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूरसंचार रोयल्टी बुझाउन कम्पनीहरुको आलटाल, प्राधिकरणले निकाल्यो सूची



अ+ अ-

काठमाडौं: दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले ४७ वटा दूरसंचार सेवा प्रदायकहरुले रोयल्टी र ग्रामीण दूरसंचार कोष रकम नबुझाएको भन्दै तत्काल रकम जम्मा गर्न सूचना प्रकाशन गरेको छ ।

दूरसंचार ऐन, २०५३ बमोजिम कम्पनीहरुले आर्जन गरेको कूल आम्दानीको ४ प्रतिशतले हुन आउने रोयल्टी र २ प्रतिशतले हुन आउने ग्रामीण दूरसंचार विकास कोष बापतको रकम प्राधिकरणलाई बुझाउनु पर्दछ ।

तर कम्पनीहरुले आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरणका साथै यस्तो रोयल्टी रकम जम्मा नगरेको प्राधिकरणको भनाई छ ।

रोयल्टी रकम र वित्तीय विवरण नबुझाउने कम्पनीहरुमा सुविसु केबलनेट, ब्रोड ब्यान्ड नेपाल, ब्रोड लिन्क नेटवर्क, क्लासिक टेक, क्लिन नेटवर्क, हिमालयन अनलाइन सर्भिसेज, इनोभेटिभ कम्युनिकेसन सिस्टम, आइटेल नेटवर्क, म्याक्स नेट सोलुसन्स, मेगा केबलनेट, नेपाल एयर लिंक, नेट म्याक्स टेक्नोलोजिज, वाइफाई एचडी समेत रहेका छन् ।

प्राधिकरणले पटक पटक ताकेता गर्दा समेत शुल्क बुझाउन कम्पनीहरु नआएको जनाउँदै यही साउन मसान्तभित्र शुल्क नबुझाए नियमानुसार हदैसम्मको कारबाही गरिने पनि जनाएको छ ।




भर्खरै