२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका महतोले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने



अ+ अ-

काठमाडौं । संसदमा निर्णायक भूमिकामा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र प्रधानमन्त्रीलाई विश्वासको मत दिने र नदिने पक्षमा सांसदहरू रहेका छन् ।

प्रधानमन्त्री ओलीको समर्थनमा रहँदै आउनुभएका अध्यक्ष महन्थ ठाकुरको पक्षमा रहेका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने हुनुभएको छ ।

पार्टीले राखेका माग पूरा गरेमा सरकारलाई समर्थन दिने पक्षमा उभिँदै आउनुभएका महतोले सरकारले सबै माग पूरा नगरेको भन्दै विश्वासको मत दिन नसकिने स्पष्ट गर्नुभएको हो । 

जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरू पहिलेदेखि नै सरकारको विपक्षमा रहँदै आउनुभएको छ ।  महतो पनि सोही पक्षमा उभिने भएपछि अध्यक्ष ठाकुर अल्पमतमा पर्ने देखिएको छ ।

निलम्बित भएका २ जना बाहेक जसपासँग ३२ सांसद रहेका छन् । जसपाले एकजुट रुपमा पधानमन्त्री ओलीलाई मत नदिएमा उहाँलाई विश्वासको मत प्रापत गर्न कठिन हुनेछ  ।