२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय वर्ष उमेर भएको १०८ किलोको माछा समातेपछि…



अ+ अ-

एजेन्सी । अमेरिकाको डेट्रोइट नदीमा १ सय वर्ष उमेरको १०८ किलो तौल भएको माछा समातिएको छ । 

त्यस पोथी माछालाई समातेर नापजाँच तथा तौल गरी पुनः नदीमा छाडिएको छ ।

अमेरिकाको माछा तथा वन्जयन्तु सेवा कार्यालयले आफ्नो फेसबुक पेजमा उक्त माछाको बारेमा दिएको जानकारी अनुसार त्यस माछाको लम्बाई २.१ मिटर छ । कार्यालयले सो माछालाई रियल लाइफ रिभर मोन्स्टरको उपमा दिएको छ । उक्त माछा स्टुर्जिएन प्रजातिको रहेको बताइएको छ ।

सामान्यतया यो प्रजातिको माछामा भालेको आयु ५५ वर्षको हुन्छ भने पोथीको आयु ७० देखि १ सय वर्षसम्मको हुने गर्छ ।