२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठक आज बिहान ११:०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

गए राति १:३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो । उहाँको पार्थीव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि ल्याइँदै छ ।

सबै कार्यक्रम स्थगित

एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने भएको छ । एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

पार्टीका संसदीय दलका उपनेता तथा इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको आज बिहान १:४० बजे त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको नेता ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यवाहक महासचिव ज्ञवालीले निधनप्रति दु:ख व्यक्त गर्दै नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय आन्दोलनमा पुगेको क्षति अपूरणीय रहेको र यो रिक्तता कहिल्यै नपुरिने बताउनुभयो ।

उहाँका अनुसार उहाँको पार्थीव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले बिहान ९:०० बजेपछि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा राखिने भएको छ । रासस