२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन गेम्सका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा



अ+ अ-

काठमाडौँ । यसै महिना चीनको हाङ्झाउमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । विनोद भण्डारी र अविनाश बोहरा राष्ट्रिय टोलीमा फर्किएका छन् । यस्तै, यसअघि राष्ट्रिय टोलीमा रहेका आरिफ शेख र भीम सार्कीलाई विश्राम दिएको छ ।

एशियाली खेलकूद प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’मा जापान र कम्बोडिया छन् । नेपालले समूह चरणमा असोज १० मा जापानसँग र असोज १४ मा कम्बोडियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीः

रोहित पौडेल (कप्तान), करण केसी, प्रतिश जीसी, आशिफ शेख, कुशल मल्ल, गुुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, विवेक कुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछाने