२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासमा आज, माओ त्से तुङको अन्त्येष्टीमा १० लाखको सहभागिता



अ+ अ-

सन् १९४९ देखि चिनियाँ कम्युनिष्ट पार्टीका नेता र जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्से तुङको अन्त्येष्टिको लागि सेप्टेम्बर १८, १९७६ दिन बेइजिङको ग्रेट हल अफ द पिपुलमा १० लाखभन्दा बढी मानिस भेला भएका थिए ।

सेप्टेम्बर ९, १९७६ मा ८२ वर्षको उमेरमा निधन भएका माओको जन्म डिसेम्बर २६, १८९३ मा मध्य चीनको हुनान प्रान्तको एक सामान्य किसान परिवारमा भएको थियो। शिक्षक हुन तालिम लिए पनि उनी सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीमा सामेल भएका थिए । दोस्रो विश्वयुद्धपछि राष्ट्रवादी पार्टीसँगको भिषण गृहयुद्धमा उनको दल विजयी भएको थियो । माओले जनवादी गणतन्त्र चीनको स्थापना गरे र त्यसको नेता बने।

उनको निधनमा आठ दिनभर राष्ट्रव्यापी शोक मनाइएको थियो । पार्टीको झण्डाले सजाइएको कफिनमा माओको पार्थिव शरीरलाई राखेर विभिन्न राज्यमा लगिएको थियो ।  तियानमेन स्क्वायरमा ३० मिनेटको सार्वजनिक अन्त्येष्टिको सुरुमा माओको सम्मानमा तीन मिनेट मौन धारण गरिएको थियो । त्यस दिन चीनका लगभग ८० करोड मानिस मौन श्रद्धाञ्जलीमा उभिएका थिए।

समारोहमा सेनाले ब्यान्ड बाजा सहित अन्त्येष्टी परेड गरेकाे थियो । चीनको राष्ट्रिय गान र कम्युनिष्टहरूको  ‘अन्तरराष्ट्रिय धुन’ पनि बजाइएको थियो जसलाइ प्रत्यक्ष प्रसारण गरिएको थियो । तर कुनै पनि विदेशी नेतालाई बेइजिङमा निमन्त्रण गरिएको थिएन ।

माओको तत्काल उत्तराधिकारीका रूपमा चिनियाँ प्रधानमन्त्री तथा कम्युनिष्ट पार्टीका प्रथम उपाध्यक्ष हुवा गुओफेङले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

माओले आफ्नो शरीरलाइ गाड्ने इच्छा व्यक्त गरेका भएपनि उनको पार्थिक शरीरलाइ तियानमेन स्क्वाएरको एक छेउमा म्युजियममा अझै राखिएको छ ।