१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धि, सामाजिक न्याय र समाजवाद प्राप्तिको दिशामा अविचलित भएर अघि बढ्नु पर्छ: विष्णु पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सार्वभौम जनताका प्रतिनिधिहरुको सभा, संविधानसभाबाट नेपालको संविधान जारी भएको आज ऐतिहासिक दिन भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत संविधान दिवसका अवसरमा शुभकामना दिँदै उहाँले आजको दिनलाई संविधान रक्षा र कार्यान्वयन गर्दै संविधानले परिकल्पना गरेको समृद्धि, सामाजिक न्याय र समाजवाद प्राप्तिको दिशामा अविचलित भएर अघि बढ्न प्रेरणा लिने दिन हो भन्नुभएको छ ।

साथै उहाँले आज सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा असाधारण योगदान गर्न संकल्प गर्ने दिन पनि भएको उल्लेख गर्नुभएको छ ।