२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० प्रतिशत कैद माफी पाएर छुटे जन्मकैद सजाय पाएका गुण्डानाइके



अ+ अ-

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयबाट कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका एक गुण्डा नाइकेले ६० प्रतिशत सजाय माफी मिनाहा पाएका छन् ।

नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेलले ११ वर्ष जेल सजाय छुटको निर्णय गर्नुभएको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले ६७० जनाको कैद भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने निर्णय गर्नुभएको थियो ।

सो निर्णयसँगै दाङको घोराही कारागारबाट रिगलसहित ८ जना थुनामुक्त भएका छन् ।

ढकालको योजनामा २०७२ असार २८ गते नेपालगञ्जमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या भएको थियो । घटना भएका बेला ढकाल तरुण दल बाँके क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति थिए ।

भारतबाट सञ्चालन हुने अवैध बसहरुबाट हप्ता असूली गर्ने विषयमा विवाद हुँदा रिगलको योजनामा मानन्धर मारिएका थिए ।