२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेफिल्डको पोस्टमा न्युक्यासलको आठ गोल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा न्युक्यासलले शेफिल्ड युनाइटेडलाई उसकै मैदानमा ८–० गोलले पराजित गरेको हो । न्युक्यासलको जितमा फरक–फरक आठ खेलाडीले गोल गरे ।

न्युक्यासललाई ऐतिहासिक जित दिलाउन सिन लङ्गस्टाफ (२१), डान बर्न(३१), स्भेन बोटम्यान (३५), कालुम विलसन(५६), एन्टोनी गोर्डन(६१), मिग्वेल एल्मिरन (६८), ब्रुनो गुइमारेज(७३) र अलेक्जान्डर इसाकले ८७ औं मिनेटमा गोल गरे ।

यो न्युक्यासलको हालसम्मकै ठूलो अवे जित समेत हो । यस्तै, सन् १९९९ पछिको ठूलो जित समेत हो । त्यस वर्ष न्युक्यासलले शेफिल्डलाई नै ८–० गोलले पराजित गरेको थियो । यस्तै, न्युक्यासल प्रिमियर लिगमा आठ फरक खेलाडीले गोल गर्ने पहिलो टोली समेत बन्यो ।

यो नतिजासँगै न्युक्यासल ६ खेलमा ९ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ । शेफिल्ड समान खेलबाट १ अंकका साथ तालिकाको पुछारमा झरेको छ ।