६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।

गत भदौ २३ गते सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमु्ख सचेतक रेवतीरमण भण्डारीका अनुसार सोमबार दिउँसोसम्ममा मुख्यमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले निरन राई, बुद्धिकुमार राजभण्डारी, लीलाबल्लभ अधिकारी र रामप्रसाद मेहतालाई मन्त्री नियुक्त गर्न लाग्नुभएको प्रमुख सचेतक भण्डारीले जानकारी दिनुभयो । उनीहरुले पाउने मन्त्रालय भने टुंगिएको छैन । यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसक्नुभएको छ ।

संविधानको धारा १६८ (३) अनुसार कोशीमा ठूलो दलको हैसियतमा एमाले सरकारले आगामी यही असोज २० गतेसम्ममा विश्वासको मत लिइसक्नु पर्नेछ ।