२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार नेप्से परिसूचक ९२.४६ अंक बढेर २ हजार ५९९.०७ विन्दुमा



अ+ अ-

काठमाडौं । यो साता दुई कारोबार दिन लगातार उच्च अंकले घटेको बजार तेस्रो दिन मंगलबार  नेप्से परिसूचक ३.६९ प्रतिशत बढेको छ । यसदिन नेप्से परिसूचक ९२.४६ अंक बढेर २ हजार ५९९.०७ विन्दुमा पुगेको हो । 

आज २ हजार ५०६.५२ विन्दुदेखि खुलेको बजारमा सेन्सेटिभ इन्डेक्स पनि ३.२० प्रतिशतले बढेको छ । सेन्सेटिभ इन्डेक्स १४.४८ अंकले बढेर ४६७.२८ विन्दुमा पुगेको हो ।

मंगलबार नेप्से परिसूचकमा उच्च वृद्धि भएपनि कारोबार रकम भने सोमबारको भन्दा कम भएको छ । सोमबार रू.६ अर्ब ५९ करोड ९ लाख २८ हजार बराबरको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर कारोबार भएकामा मंगलबार रू. ५ अर्ब १० करोड ९० लाख ९६ हजार बराबरको १ करोड २ लाख २ हजार २१९ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१६ ओटा कम्पनीको ६३ हजार ५५८ पटकको व्यापारमा भएको हो ।

मंगलबार सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर कारोबार भएको छ भने शेयरमूल्य पनि यसै कम्पनीको सबैभन्दा बढी बृद्धि भएको छ । अपर तामाकोशी हइड्रोपावरको यसदिन रू. २३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको हो । यसदिन कम्पनीको शेयरमूल्य भने १० प्रतिशत अर्थात् प्रतिकित्ता रू. ७७ ले बढेर अन्तिम मूल्य रू. ८४७ कायम भएको हो ।

अपर तामाकोशीसँगै यो दिन विशाल बजार कम्पनी , महिला लघुवित्त, युनाइटेड इन्स्योरेन्स, समीट लघुवित्त वित्तीय संस्था, मल्टिपर्पस फिनान्स , ग्लोबल आइएमई लघुवित्त, अरुणभ्याली हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त र युनाइटेड ईदी मर्दी आरबिबि हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । 

यो दिन जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कारोबारमा आएका सबै समूहगत परिसूचक बढ्दा जलविद्युत् समूहको परिसूचक सर्वाधिक ६.४८ प्रतिशत बढेको हो । 

त्यस्तै यसदिन बैंकिङ्गको २.६ प्रतिशत, व्यापारिकको ५.५५ प्रतिशत, होटल्स तथा पर्यटनको १.१९ प्रतिशत, विकास बैंकको ३.४४ प्रतिशत, वित्तको २.९१ प्रतिशत, निर्जीवन बीमाको ४.४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ४.४९ प्रतिशत, अन्यको ३.६५ प्रतिशत, लघुवित्तको ४.७७ प्रतिशत, जीवन बीमाको ३.४१ प्रतिशत, म्युचुअल फण्डको १.३४ प्रतिशत र लगानी समूहको ४.६५ प्रतिशत परिसूचक बढेको हो ।