२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी छानबिनका लागि तीन सदस्यीय छानबिन आयोग बनाउने सहमति



अ+ अ-

काठमाडौं । सुन तस्करी छानबिनका लागि तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग बनाउन दलहरु सहमत भएका छन् ।

आईतवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै सरकारी निवास बालुवाटारमा बोलाउनुभएको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा सो सहमति भएको हो । उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वको सो सुन तस्करी छानबिनका लागि आजै ३ सदस्यीय आयोग बनाउने विषयमा सहमति गरिएको प्रमुख प्रतिपक्ष दल एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । तत्काल क्याबिनेटबाट निर्णय गराई आयोगले आजैबाट काम शुरु गर्ने र तीन महिनाभित्र सम्पन्न गरिसक्ने कार्यादेश पनि बैठकले दिएको उहाँले बताउनु भयो ।

सचेतक बर्तौलाले भन्नुभयो, ‘सुन तस्करीबारे एमालेसहितका विपक्ष दलहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने मा गरेको थियो । त्यो मागमा सरकार र दलहरुबीच एउटा सहमति भएको थियो । असोज ५ गते बनाउने र त्यसै दिनबाट सो छानबिन शुरु गर्ने सहमति भएको थियो । असोजको छ गते टर्‍यो । आयोग बनेन । त्यसयता छलफलका प्रक्रियाहरु आरम्भ भए । आज सरकारले हामीलाई छलफलका लागि बोलायो । हामी प्रधानमन्त्रीज्युको निवासमा छलफलमा जुट्यौं । राष्ट्रिय मान्यताप्राप्त दलहरुसहितको उपस्थितिमा एउटा सहमति गरियो । त्यो सहमति अनुसार उच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वको कार्यदल बन्नेछ । आयोग बन्नेछ । त्यो आयोगले तीन महिना भित्र आफ्नो कार्य सम्पन्न गर्नेछ । त्यो आयोग आजै घोषणा हुनेछ । आजै हाउस चल्नुअघि क्याबिनेटले त्यो निर्णय गर्नेछ । र, आजको हाउस स्वभाविक ढंगले जानेछ । र, बैठकको शुरुमै सम्माननीय प्रधानमन्त्रीज्युले आफना कुराहरु राख्नुहुनेछ ।’

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन र संयुक्त राष्ट्र संघको महासभाको भ्रमणबारे सो आयोग बनाउने बारे पनि संसदलाई जानकारी गराउनु हुनेछ । प्रधानमन्त्रीले संसद बैठक आयोग बनाउने र आफ्नो विदेश भ्रमणबारे पनि जानकारी गराउने विषयमा पनि बैठकमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आयोगको कार्यादेशको बारेमा कुरा मिल्न सकेका थिएनन् । सम्माननीय प्रधानमन्त्रीज्यु आएपछि आजनै प्रमुख प्रतिपक्ष दलका नेतासहित सात राजनीतिक दलको नेताहरुबीचमा बसेर सहमति भएको छ । सो आयोगको टिओआरको बारेमा । आज सदन पनि छ । त्यसमा उहाँले आयोग र आफ्नो विदेश भ्रमणको बारेमा जानकारी दिनुहुनेछ ।’

सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच गत असोज ५ गते नै सो आयोग बनाउने सहमति भएको थियो । तर त्यसको कार्यादेशको विषयमा दलहरुबीच सहमति हुन नसक्दा सो आयोग बन्न सकेको थिएन ।