२६ असार २०८३, शुक्रबार
,
Latest
माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न गणेश कार्कीको आग्रह मौद्रिक नीतिप्रति डेरी एसोसिएसन सकारात्मक, कार्यान्वयन प्रभावकारी बनाउन आग्रह अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी सुनचाँदीको मूल्य बढ्यो बागलुङमा बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभ्य र समृद्ध समाज निर्माणमा अग्रसर हुन महावीर जयन्तीले सबैलाई प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवत्र्तक महावीरको दुई हजार ६२०औँ जन्मजयन्तीका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख‚ शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग  अहिंसा, सत्य, अचौर्य (चोरी नगर्ने), ब्रह्मचर्य र अपरिग्रह (सङ्ग्रह नगर्ने) देखाउनुभएको जनाउँदै राष्ट्रपतिले अहिंसा नै मानवको साँचो धर्म हो भन्ने र  सानोभन्दा सानो जीवको समेत हत्या गर्नुहुँदैन भन्ने उहाँको सन्देशबाट परिवार, समाज, राष्ट्र र विश्वमा नै द्वन्द्व र विग्रहको अन्त्य गरी शान्ति स्थापनामा मानव जातिलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको  छ ।

धार्मिक, सांस्कृतिक, भाषिक एवं भौगोलिक विविधतायुक्त इन्द्रेणीरूपी नेपाली समाजमा यस्ता पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अभिवृद्धि गर्दै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान पु¥याउ विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सामाजिक न्यायमा आधारित सभ्य र समृद्ध समाज निर्माणका बाटामा अग्रसर हुन महावीर जयन्तीले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । 

अहिंसा, त्याग एवं तपस्याको सन्देश दिने जैन धर्मका संस्थापक एवं धार्मिक गुरु वर्धमान महावीरको जन्म ५९९ इसापूर्वमा भएको थियो । प्रत्येक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभरि छरिएर रहेका जैन धर्मावलम्बीले महावीर जयन्ती मनाउने गर्छन् । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत ॐकार परिवारका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।