२५ असार २०८३, बिहीबार
,
Latest
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छः वर्षमान पुन सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट अलग हुन… मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनताप्रति सांसद केसीको आपत्ति सरकारलाई नेकपा सांसद हमालको प्रश्नः सुशासन सत्तापक्षलाई लाग्दैन ? साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग उजुरीकर्ता र प्रश्तावित व्यक्तिसँगको छलफल एउटै दिन गरौँः रास्वपा सांसद बुर्लाकोटी सत्तारुढ रास्वपा सांसदले भनिन्ः किसानको आँशुको व्यापार नगर्नूस् १२ वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले भन्यो–जनताले सत्तापक्षको लाचारी र मौनताको पनि मूल्याङ्कन गर्नेछन्



अ+ अ-

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालको सीमा र भूमिसम्बन्धी विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएको विषयमा प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गरेको आरोप लगाउनु भयो ।

प्रमुख सचेतक ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार मात्र नभई राज्यको आधिकारिक धारणा हुने उल्लेख गर्दै सीमाजस्तो संवेदनशील विषयमा प्रयोग हुने प्रत्येक शब्दले अन्तर्राष्ट्रिय स्तरमा देशको सन्देश निर्धारण गर्ने बताउनु भयो । ओलीले कार्यपालिका संसदप्रति उत्तरदायी हुनुपर्ने लोकतान्त्रिक मूल्य–मान्यताको स्मरण गराउँदै पार्टीको मञ्चलाई संसद भन्दा माथि राख्ने अभ्यासले संसदीय लोकतन्त्रको औचित्यमाथि नै प्रश्न उठाएको तर्क गर्नुभयो । उहाँले सत्तापक्षका सांसदहरूको मौनताप्रति पनि प्रश्न उठाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सीमा कुनै नक्शाको रेखा मात्र होइन, यो हाम्रो इतिहास, बलिदान र सार्वभौमिकतासँग जोडिएको विषय हो । यस्तो गम्भीर विषयमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले संसद्मै दिनुपथ्र्यो, तर उहाँले संसद्को सट्टा आफ्नै दलको महाधिवेशनलाई रोज्नुभयो । प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हितमा आँच पुग्दा पनि सत्तापक्षका माननीय सदस्यहरू किन मौन हुनुहुन्छ ?’

उहाँले राष्ट्रको विषयमा दलगत निष्ठा भन्दा माथि उठ्न आग्रह गर्नुभयो । इतिहासले प्रतिपक्षको भूमिका मात्र नभई सत्तापक्षको लाचारी र मौनताको पनि मूल्याङ्कन गर्ने उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल

तस्बिरः रत्न श्रेष्ठ/रासस