२५ असार २०८३, बिहीबार
,
Latest
कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन… प्रतिनिधि सभामा सांसद थेबेले मागे सुकुम्बासीदेखि शेयर बजारसम्मको हिसाव खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न सांसद पाण्डेको माग निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यकः मुख्य रजिस्ट्रार पौडेल सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध भएर लागेको छः शिक्षामन्त्री पोखरेल सिनियर प्रहरी अधिकृतको काज–सरुवाबारे फैलाइएका समाचार भ्रामक : नेपाल प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले आगामी नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेट तथा कार्यक्रम कार्यान्वयनमा तदारुकता देखाउन सरकारसँग माग गर्नुभएको छ  ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद गजुरेलले बजेट र कार्यक्रम सदनबाट पारित भइसकेको सन्दर्भमा अब सरकारको पूर्ण ध्यान प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताउनु भयो । आगामी साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष शुरु हुन लागेको उल्लेख गर्दै उहाँले सोही दिनदेखि नै विकास आयोजनाका बोलपत्र (टेण्डर) आह्वान हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारलाई स्पष्ट कार्ययोजनाका साथ अघि बढ्न सुझाव दिँदै पुँजीगत खर्चको कमजोर अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। स्पष्ट योजनाविना काम गर्दा आर्थिक वर्षको अन्त्यमा न्यून पुँजीगत खर्च हुने र त्यसले जनतामा नकारात्मक सन्देश जाने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘साउन १ गते गोरखापत्रका पानाहरू विकास निर्माणका टेण्डरले भरिनुपर्छ, आवश्यक परे पाना थप गरेर भए पनि सूचनाहरू प्रकाशित हुनुपर्छ । यसो भएमा मात्र पुँजीगत खर्च वृद्धि गर्न र विकासका योजनाहरूलाई गति दिन सम्भव हुन्छ । यदि स्पष्ट कार्ययोजना नबनाउने र विगतमा जस्तै ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको विवरण प्रश्तुत गर्ने हो भने हामी जनतासामु जवाफदेही हुन सक्दैनौँ ।’

सांसद गजुरेलले बजेट कार्यान्वयनको प्रक्रियालाई सुरुवाती दिनदेखि नै व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । –न्युज एजेन्सी नेपाल




भर्खरै