२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी विश्वकप : इंग्ल्यान्डद्वारा न्युजिल्यान्डलाई २८३ रनको लक्ष्य



अ+ अ-

काठमाडौै । भारतमा आजदेखि सुरु भएको आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई २८३ रनको लक्ष्य दिएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाउदै २८२ रन बनायो ।

इंग्ल्यान्डको लागि जो रुटले ८६ बलमा ४ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ७७ रन बनाए । कप्तान जस बटलर ४३ रन बनाएर आउट हुदा ओपनर जोनी बेयरस्टो ३३ रनमा आउट भए । यस्तै, डेविड मलान १४, ह्यारी ब्रुक २५, लियाम लिभिङस्टोन २०, मोइन अली ११ रन बनाएर आउट भए ।

न्युजिल्यान्डका म्याट हेनरीले १० ओभरमा एक मेडनसहित ४८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । मिचेल सान्टनरले १० ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । यस्तै,गेल्न फिलिफले २ विकेट लिए भने  ट्रेन्ट बोल्ट र ​​रचिन रविन्द्रले समान एक विकेट लिए ।